Thursday, April 19, 2018

  आमा

कुइय कौसी को ढोका खोल्दा  आमाले
कुहुकुहु गर्दै आमानेरै आउछन पखेटा उचाल्दै
बास बसेका परेवा र तिनका बचेराहरु
मातृत्वको एक मुठी चामलको आशमा

हल्लाखल्ला गर्दै मुट्ठीमै चामल खोसाखोस गरिरहदा
वाल्यकालमा आमाले बाख्राको पाठीतिर गास देखाई
कोखाई कोखाई गर्दै मेरो मुखमा भातको गास हाल्दिन्थिन
बिचरो पाठी मुख मिठाउदै लोभिएर मुख मिठाएको याद आयो

आज म चामल लिएर आफै कौसीमा निस्केको छु
एक मुठी हैन पुरै एक कचौरा चामल लिएर
तर किन झुम्मिदैनन आमासंग जस्तो परेवाहरु म संग ?
के तिनीहरुलाई पनि मलाइजस्तो चम्किलो भाडामा होटलका
परिकारहरु भन्दा आमाकै हातको चामल मिठो लाग्छ हो ?

२०७५ बैसाख ३ (मातातिर्थ  औशी )
#Drona

No comments:

Post a Comment