Thursday, May 10, 2018

बिग्रेको मान्छे

सधै झैँ आज पनि थकित हुदै कामबाट फर्किदै थिए।  कानमा  इएरफोन  ठोसेर।  उही काम उही बोस उही १ वर्ष जस्तो लाग्ने महिना दिन। अनि उही घर।  कहिले काही त बाटो बिर्सेर नयाँ ठाउमा पुगीदिए पनि हुन्थ्यो नि !

 जिन्दगि एउटा ब्ल्याक एण्ड ह्याईट तस्बिर जस्तो। खल्लो।  साझ मा केटाकेटीहरु छोई-डोम  खेलिरहेको मैदान नेरको स्टेशनरि पसलमा अण्टि पानीपुरी बनाइ रहनु भएको थियो।  खान पसे।  खल्लो जिन्दगीमा अलिकति स्वाद भर्न।
-"एक प्लेट बनाउनु न" 
छेवैमा  तरकारी पसलकि छिमेकी  अन्टि पानिपुरिको पुरी रखिएको  चाङ्ग नजिकै बसेर केराउ खादै रहेछिन। "बाबुलाइ कहिल्यै देख्दैनथे पहिला त कत्ति सोझो हुनुहुन्थ्यो येही बाटो हिड्नु हुन्थ्यो आजकल त पानीपुरी खान थाल्नु भएछ।  हिहि।" एकै सासमा अण्टि बोलिन। 
-"पानि पुरी खानु र सोझो नहुनु मा सम्बन्ध के छ हँ ?" यो मैले सोचे यो।  "गर्मि लाग्यो नि त" बास  येत्ति बोले। पानि पुरी खाए अनि  सरासर  घर आए।
 
मलाइ बिगारेको त्यो स्वादिलो पानीपुरीको रस केवल एउटा कुरा थियो  जुन सम्झिदा मिठो अनुभूति हुन्थ्यो।  बिग्रिनु को स्वादको मिठास ।

ढोका खोल्न ठ्याक्कै ५ मिनेट लगाउनु भयो आमाले।  ढोका खुल्दा साह्रै रिस उठेको थियो। मलाइ होइन आमालाई।  "कति ढिला गरेको ? ५ बजे अफिस छुटी हुन्छ भनेको हैन ? फोन पनि उठाउने हैन।  काहा हो काहा।  कति बिगेर्को छ यो आजकल।  एस्तो गर्मि छ ला मिर्शी पानि  खा।  शित्तल हुन्छ।" आमाको मायालु रिस। 
पानि ? गर्मिमा त् पानिपानि पुरी पो खान्छन  त बिग्रेको मान्छेले। 


२७ बैशाख २०७५, बिहिवार
दशमी
रात्रिको ११ : १५बजे

No comments:

Post a Comment